४ लाख ९६ हजार २ सय ४३ परीक्षार्थीको उत्तरपुस्तिका परीक्षणपछि काठमाडौं ल्याईसकेको परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमले जानकारी दिए। उनले भने, '५० वटै परीक्षण केन्द्रबाट उत्तरपुस्तिका ल्याइसकिएको छ, असार १० भित्र नतिजा निकाल्ने तयारीमा छौं।'
विद्यार्थीको विषयगत अंक कम्प्युटरमा 'इन्ट्री' गर्ने काम ९० प्रतिशत सकिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ। उत्तरपुस्तिका जाँच गर्न यस वर्ष देशभर ५० परीक्षण केन्द्र स्थापना गरिएको थियो। गत वर्ष यस्ता केन्द्र ४७ मात्र थिए।
यस पटकदेखि नतिजा प्रकाशन भएको दुई साताभित्र लब्धांकसहितको मूल प्रमाणपत्र विद्यालयमै उपलब्ध गराइने भएको छ। विद्यार्थीले २ सय राजस्व तिरेर स्कुलबाटै आफ्नो लब्धांकपत्रसहित मूल-प्रमाणपत्र लिनसक्ने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ। यसबाट ४ देखि ६ करोड राजस्व उठ्ने अनुमान छ।
परीक्षा नियन्त्रक गौतमले भने, 'विदेश जान चाहने तथा स्वदेशमै काम गर्न चाहने व्यक्तिलाई मूल-प्रमाणपत्र आवश्यक पर्ने भएकाले छिट्टै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।'
विगतमा नतिजा प्रकाशन भएको आठ महिनापछि मूल-प्रमाणपत्र जिल्ला शिक्षा कार्यालयमा पठाउने गरिन्थ्यो। विद्यार्थीलाई मूल-प्रमाणपत्रबारे जानकारी नहँदा वर्षौसम्म जिल्ला शिक्षा कार्यालयमा थन्किएर बस्थे। मूल-प्रमाणपत्र विद्यालयमै पुर्याउने व्यवस्थाले विद्यार्थीलाई सजिलो हुने परीक्षा नियन्त्रक गौतमले जनाए। फेल भएको विषयमा पुनर्योगका लागि विद्यार्थीले दिएको निवेदनमाथि १५ दिनभित्रमै प्रक्रियामा लैजाने निर्णय परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ। यसका लागि 'माध्यमिक शिक्षा परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका-२०६५' परिवर्तन गरी ३५ दिनपछि मात्र पुनर्योग गरिने परम्परा तोडिएको छ। नयाँ व्यवस्थाबाट विद्यार्थीले पूरक परीक्षाअगावै पुनर्योगको नतिजा थाहा पाउने छन्। 'विद्यार्थीमा मानसिक तनाव नहोस् भनेर परीक्षा निर्देशिकै परिवर्तन गरिएको हो,' गौतमले भने, 'पूरक परीक्षा अघि नै पुनर्योग गरिए झन्झट हुँदैन।'
एसएलसी परीक्षा केन्द्राध्यक्षबारे संशोधित निर्देशिकामा नयाँ नीति उल्लेख छ।
भागबन्डाका आधारमा एसएलसी केन्द्राध्यक्ष बनाउने प्रवृत्ति अन्त्यका लागि परीक्षा केन्द्रकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउनुपर्ने प्रस्ताव ल्याइएको छ। परीक्षा नियन्त्रक गौतमले भने, ' एसएलसीमा बढ्दो राजनीतिकरण अन्त गरी परीक्षालाई अझै ब्यवस्थित बनाउन सम्बन्धित केन्द्रका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने नीति ल्याइएको छ।'
केन्द्राध्यक्षमा भागबनन्डा गरिनाले एसएलसी परीक्षाको साख गिर्दै गएको गौतमको भनाइ छ।

Comments
Post a Comment