मनोज घर्तीमगर, पोखरा, जेठ १४
पोखराको चिनारी पर्यटकीय नगरी। यहाँ वर्षेनी हजारौं पर्यटक ओइरिन्छन्। अचम्मको खबर के भने, धेरैजसो पर्यटक पोखरा चिन्नु त कता हो कता, भुलभुलैयामा परेर फर्कन्छन्। 'आएका पर्यटकलाई राम्ररी घुमाउन सक्ने गतिला गाइडै छैनन् पोखरामा,' पोखरा पर्यटन परिषद्का अध्यक्ष टीकाराम सापकोटाले भने, 'गाइड नहुँदा पर्यटकको बसाइ छोटो भइरहेको छ।'
पर्यटक बढेको बढ्यै
पोखराको चिनारी पर्यटकीय नगरी। यहाँ वर्षेनी हजारौं पर्यटक ओइरिन्छन्। अचम्मको खबर के भने, धेरैजसो पर्यटक पोखरा चिन्नु त कता हो कता, भुलभुलैयामा परेर फर्कन्छन्। 'आएका पर्यटकलाई राम्ररी घुमाउन सक्ने गतिला गाइडै छैनन् पोखरामा,' पोखरा पर्यटन परिषद्का अध्यक्ष टीकाराम सापकोटाले भने, 'गाइड नहुँदा पर्यटकको बसाइ छोटो भइरहेको छ।'
सन् १८९९ मा नेपाल आएका जापानी नागरिक इकाइ कावागुचीले पोखरा घुमेर यहाँको सौन्दर्य बयान गरेपछि यहाँको अन्तर्राष्ट्रिय प्रचार सुरु भएको हो। अहिलेसम्म पोखरामा एक महिलासहित छजनाले मात्रै टुरिस्ट गाइडको औपचारिक तालिम लिएका छन्। तीमध्ये गुरु त्रिपाठी र बासु त्रिपाठीमात्रै टुर गाइड हुन्। दुईमध्ये गुरु स्वतन्त्र टुरिस्ट गाइड भएकाले कहिलेकाहीँ मात्रै काम गर्छन्।गतिला टुरिस्ट गाइड नभएपछि पोखरा आएका पर्यटकलाई ट्रेकिङ गाइडले पोखरा घुमाउँछन्। 'पोखरामा टुरिस्ट गाइड नै छैनन्, अनि के गर्ने?' पश्चिमाञ्चल होटल संघका अध्यक्ष विप्लप पौडेलले भने, 'ठाउँ चिन्न सक्ने र अंग्रेजी बोल्न सक्ने होटल कामदार, ट्याक्सी ड्राइभरले काम चलाएका छन्।'असम्बन्धित व्यक्तिले पर्यटक घुमाउँदा पर्यटकले थुप्रै विषयको उचित जानकारी पाउन सकेका छैनन्। कतिपय बेला गलत जानकारी पनि जाने गरेको छ। 'पोखरामा आउने पर्यटकलाई अहिलेसम्म सिटी गाइडले घुमाउने गरेका छन्, यहाँ टुरिस्ट गाइडै छैनन्,' नेपाल पर्यटन बोर्डका पूर्व सदस्य बासु त्रिपाठीले भने, 'एक सामान्य गाइडले पर्यटकलाई फेवाताल लगेर १० मिनेट भुलाउन सक्दैन, त्यसैले उनीहरुको बसाइ छोटिएको हो।'पोखरामा घुम्नलायक धेरै रमणीय र आकर्षक ठाउँ छन्। राम्ररी घुम्ने हो भने एक साता होइन महिना दिन कम हुन्छ पोखरा घुम्न। ताल मात्रै नौवटा छन्, हिमाल र गुफा कतिकति।८ हजार मिटर अग्ला संसारका १४ हिमालमध्ये ३ वटा धौलागिरि, अन्नपूर्ण र मनास्लु एउटै सहरबाट देखिने विशेषता पोखरासँग छ। तर, गतिला गाइड नहुँदा हिमालको नामसमेत चिन्न नसकी पर्यटक पोखराबाट फर्किन्छन्।भित्री संसारमै रमाउन चाहनेका लागि महेन्द्र, चमेरे, गुप्तेश्वर लगायत आधा दर्जन गुफा छन्। 'पोखरा पर्यटकीय दृष्टिले अगाडि भए पनि यहाँ दक्ष टुरिस्ट गाइड नहुनु विडम्बना हो,' पोखराका एकमात्र स्वतन्त्र टुरिस्ट गाइड गुरु त्रिपाठीले भने, 'पर्यटकले पोखराबारे सही र विस्तृत जानकारी पाउन सकेकै छैनन्।' नेपाल पर्यटन बोर्ड पोखराकी प्रमुख श्रद्धा श्रेष्ठका अनुसार यहाँ एउटा पनि टुरिस्ट गाइड दर्ता छैनन्। 'थुपै्र पर्यटकले हामीसँग गाइड सोधिरहेका हुन्छन् तर, कोही गाइड भेटिन्नन्,' उनले भनिन्, 'टुरिस्ट गाइड नहुँदा धेरै पर्यटकले गलत सूचना पाउँछन्।'श्रेष्ठले पोखरामा टुरिस्ट गाइडसम्बन्धी तालिम गराउन कार्यालयसँग स्रोत भए पनि सम्बन्धित संघसंस्थाले चासो नदेखाएको बताइन्। पर्यटन परिषद्, नाटा लगायत संस्थासँग मिलेर पर्यटन बोर्ड टुरिस्ट गाइड तालिम दिन सकिने उनको भनाइ छ।टुरिस्ट गाइडको तालिम गर्न कम्तीमा स्नातक उत्तीर्ण गर्नुपर्ने प्रावधानले पनि जनशक्ति कम भएको व्यवसायीको अनुभव छ। पोखरामा १ सय २० ट्रेकिङ गाइड छन् भने तालिम लिएका गाइड ६ सयको हाराहारी छन्।
पर्यटक बढेको बढ्यै
पोखरामा टुरिस्ट गाइड नभए पनि पर्यटकको आगमन भने वर्षेनी बढेको छ। पोखरामा पर्यटकको आगमन बढाउन नेपाल भ्रमण वर्ष सन् १९९८ चल्यो। त्यसले पोखरामा पर्यटक भित्र्याउन राम्रै सहयोग गर्यो। यस्तै सन् २००७ मा पोखराको पर्यटन प्रवर्द्धनका लागि 'पोखरा भ्रमण वर्ष' अभियान चल्यो। त्यसले पनि पोखराको पर्यटन व्यवसायलाई राम्रै फाइदा पुर्यायो। नेपाल आउने विदेशी पर्यटकमध्ये अहिले पोखरामा सरदर ३० प्रतिशत पर्यटक आइरहेका छन्। यहाँ सन् २००५ मा ७३ हजार पर्यटक भित्रिए। सन् २००६ मा त्यो संख्या पुग्यो ९२ हजार। २००७ मा त्यो १ लाख ६१ हजार। २००८ मा १ लाख ८६ हजार ६ सय ४३, सन् २००९ मा २ लाख ३ हजार ५ सय २७ र सन् २०१० मा दुई लाख ३० हजार पर्यटकले पोखरा भ्रमण गरेका थिए। सरसर्ती हेर्दा पोखरामा पर्यटक वर्षेनी बढेका बढ्यै छन्। दक्ष टुरिस्ट गाइड हुने हो भने पर्यटकको आगमन बढ्ने मात्र हैन आएका पर्यटकको बसाइ पनि लम्बिन्छ। 'गाइडकै कारणले पर्यटनमा दीर्घकालीन असर पर्छ,' नाटाका पूर्वअध्यक्ष ओमप्रकाश पाण्डेले भने, 'प्रभावकारी तरिकाले पोखराको यथार्थ कुरा पर्यटकलाई भनेपछि उनीहरुले चाख मान्छन्, अनि बसाइ पनि लम्बिन्छ।'

Comments
Post a Comment