कान्तिपुर दैनिकका प्रतिभाशाली फोटो पत्रकार नरेन्द्र श्रेष्ठले आफूले यो सन्देशसंगै राखिएको तस्वीरका लागि प्राप्त प्रथम पुरस्कारबापत कर काटेर पाएको ४५ हजार रूपैयांमध्ये २५ हजार रूपैयां तस्वीरमा देखिएकी बालिकालाई दिने निर्णय गरेको सुन्दा साह्रै खुशी लाग्यो। कतिपय अवस्थामा हामी पत्रकार, लेखक, कलाकार, फोटोग्राफरहरू गरीवी र पीडाका बारेमा लेखेर, तस्वीर बनाएर या खिचेर नाम र दाम कमाउंछौं तर जसले हामीलाई नाम र दाम दुबै दिन्छन्, तिनका लागि भने केही गर्दैनौं। हामी सबैले नरेन्द्र श्रेष्ठबाट सिक्न सक्छौं। नरेन्द्र जी, तपाईंको चित्रकी सानी नानीको तपाईंलाई अवश्य पनि आशीर्वाद लाग्नेछ।

Comments