सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम माथि गोली प्रहार भएको छ। काठमाडौंको शंखमुलमा उनीमाथि गोली प्रहार भएको हो। बा ८ छ ९८५३ नम्बरको गाडीमा सवार बममाथि अमर नेपाल नामका व्यक्तिले गोली प्रहार गरेका हुन्। उनलाई ५ भन्दा बढी गोली लागेकेा बुझएको छ। कालो पल्सर मोटरसाइकलमा आएका दुई जनाको समूहले उनको पेट र छातीमा गोली हानेका थिए। गम्भीर अवस्थमा रहेका बमको काठमाडौं नर्भिक अस्पतालमा उपचार भैरहेको छ। बमसंगै गाडीमा रहेका अन्य २ जना पनि घाइते भएका छन्। घटनास्थल वरपर अमर नेपाल संयोजक रहेकेा नेपालवाद एन जे एस एस आर पार्टी नामको पर्चा भेटिएको छ। पर्चामा सरकारी तथा गैर सरकारी कार्यालयमा बसेर अनैतिक काम गर्नेहरु समेतलाई कारवाही गर्ने उल्लेख गरिएको छ।
Comments
Post a Comment