५ लाख घरधुरीमा सौर्य उर्जा


काठमाडौं, भदौ २७ - ग्रामिण क्षेत्रका पाँच लाख भन्दा बढी घर धुरीमा सौर्य उर्जा पुगेको छ । सरकार, निजी क्षेत्र र विभिन्न परियोजना मार्फत पाँच लाख भन्दा धेरै घरधुरीमा सौर्य उर्जा पुगेको हो । बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रसँग सहकार्य गरिरहेको नेपाल सौर्य विद्युत उत्पादक संघका उपाध्यक्ष दिपकबहादुर शाहीले पछिल्लो तथ्याङक हेर्दा आफूहरुको तर्फबाट साढे चार लाख र अन्य क्षेत्रबाट त्यसको १५ प्रतिशत थप गरि झण्डै पाँच लाख भन्दा बढी घरधुरीमा सौर्य उर्जा बलेको दाबी  गर्नुभयो ।

 स्रोत :  उज्यालो अन्लाईन 

Comments