विश्वमा दिनदिनै नयाँनयाँ किर्तिमान बन्छन् र पुराना किर्तिमान तोडिन्छन् । हिम्मतीहरु ज्यान जोखिममा राखेर पनि रेकर्ड कायम गर्न कस्सिन्छन् । हामीले यहाँ गिनिज बुकको पछिल्लो अंकमा नाम समावेश गर्न सफल केही किर्तिमानी व्यक्तिहरुलाई तस्वीर सहित प्रस्तुत गरेका छौँ ।
![]() |
| २. सबैभन्दा वजनदार खेलाडी : बेलायतकी सुमो रेसलर शरान अलेक्जेन्डर विश्वको सबैभन्दा वजनदार खेलाडी हुन् । उनको तौल २०३.२१ किलो छ । |
![]() |
| ३. विश्वको सबैभन्दा अग्लो घोडा : बेल्जियन प्रजातिको बिग जेक नामको यो घोडा ७ फिट अग्लो छ । अमेरिकाको विस्कन्सिनमा रहेको यो घोडा ९ वर्षको छ । |
![]() |
| ४.सबैभन्दा होँचो बाच्छो : उत्तरी आयरल्याण्डको एन्टि्रममा रहेको आर्की नामको यो कालो बाच्छोको उमेर २९ वर्ष हो भने यसको उचाइ जम्मा ३० इन्च मात्र छ । |
![]() |
| ५. सबैभन्दा अग्लो कुकुर : अमेरिकाको मिचिगनस्थित डेनिज डुर्लागले पालेको ग्रेट डेन जियस नामको यो कुकुर ७ फिट ४ इन्च अग्लो छ । ३ वर्षको यो कुकुर विश्वको सबैभन्दा अग्लो कुकुर हो । |
![]() |
| ७. जापानका हेयर डिजाइनर काजुहिरो वातातावेले सबैभन्दा लामो तिखे कपाल बनाएर किर्तिमान कायम गरेका छन् । जेल लगाएर ठाडो पारिएको उनको कपाल ३ फिट ८ इन्च अग्लो छ । |
![]() |
| ८. सबैभन्दा तिब्र गतिको भेँडा : जिप्पी लाम्बर्गिनी नामको यो बेलायती भेँडाले अहिलेसम्म दौडेका १७९ दौडमध्ये १६५ दौड जितेको छ । |








Comments
Post a Comment