रोसन
पुरी/उज्यालो
कंगो
–
एउटै रुखका
कुनै हाँगामा
भर्खर फूल
फुलेको छ,
कुनैमा चिचिला
छन् त
कुनैमा आँप
पाकिसके ।
यस्तो अद्भूत
दृश्य सायद
धेरै ठाउँमा
देख्न पाइन्न
।
जताततै हरियाली छ, भूमध्य रेखामा पर्ने हुनाले रुख बिरुवा सधैं हरिया भइरहन्छन् । अर्थात् पुरानो पात नझर्दै नयाँ पालुवा पलाइसक्छन् ।
जता हेर्यो केराको घारी छ । कुनै बोटमै पाकेका, कुनै बुङ्गो निकाल्दै गरेका कुनै पाक्न ठिक्क परेका । यो क्रम बर्षैभरि चलिरहन्छ । अफ्रिकी देश कंगोमा कुनै फलफूल नेपालमा जस्तो एकपटक पाकेपछि नयाँ फल्न र पाक्नका लागि अर्को सिजन कुर्नपर्दैन ।
खाना
र खेतीपाती
कंगोको जमिन संसारकै उर्बरभूमि हो भन्दा फरक पर्दैन । तर धेरै मानिसले खेतीपाती गर्दैनन् । खेती गर्यो भने ज्यानकै जोखिम । वाली स्याहार्ने बेलामा सशस्त्र समूहले लुटेर लगिदिन्छन् । हतियारको बिगबिगी कंगोको मुख्य समस्या हो । हतियार छ्यापछ्याप्ती पाइन्छ
।
त्यसैले
जसको
शक्ति
उसको
भक्ति
भने
झैं
हतियारधारी
समूहले
लटेर
लगिहाल्छ,
खेती
गर्नुको
अर्थ
नै
छैन
।
त्यसैले खानेकुराको अभाव चर्को छ । बेनीमा रहेको नेपाली सेनाको बटालियनमा खाना खाने उद्देश्यले मात्र एकजना स्थानीय बासिन्दा काम गर्छन् । नेपाली भाषा फरर्र बोल्ने मुइन्डोचोङ् आतेलाले
नेपाली
नाम
पनि
पाएका
छन्
वीरबहादुर
तामाङ
।
संयुक्त राष्ट्रसंघको
नोकरीका
लागि
समेत
तयार
नहुने
मुईन्डोचोङ्
नेपाली
सेनाको
बटालियनमा
काम
गरेर
पेटभर
भात
खान
पाएकोमा
खुशी
हुनुहुन्छ
।
मास्टर
डिग्री
गरेका
मुइन्डोचोङ्
भन्नुहुन्छ
‘जागिर
खाएर
पैसा
कमाएँ
भने
हतियारधारीले
मलाई
मार्छन्
।’
तरुल यहाँको मुख्य खानेकुरा हो, यो जताततै पाइन्छ । कंगोवासीले सिमल तरुल सुकाएर बनाइएको पिठोको ढिंडो जस्तै खानेकुरा खान्छन् । त्यसलाई उनीहरु ‘कसवा’ भन्छन्
।
धेरैले
एबोकाडो,
केरा
लगायतका
कन्दमुल
र
फलफूलका
भरमा
जीवन
धान्छन्
।
जंगलमा
सिमल
तरुल,
केरा,
पाम,
एबोकाडो,
आँप
लगायतका
फलफुल
र
कन्दमुल
प्रशस्त
छ
।
खेती गर्ने हो भने के फल्दैन यहाँ ? लोभलाग्दा पाखा, समथर भूभाग, संसारमै उत्कृष्ट मौसम आहा ! कृषिका लागि कंगो साह्रै उपयुक्त देश हो तर हतियारले यहाँका जमिनलाई बेकामी बनाइदियो ।
कृषि मात्र होइन खनिज पदार्थका लागि पनि कंगो उत्तिकै धनी छ । विश्वको आधा भन्दा धेरै यूरोनियमको भण्डार यहीँ छ । संसारको सबैभन्दा धेरै हीरा र सुनको भण्डार रहेको देश हो कंगो । अन्तरिक्ष यान बनाउन प्रयोग हुने कोल्टन पनि पाइन्छ यहाँ । कोल्टन बिना हामीले प्रयोग गर्ने मोबाइल फोन समेत बन्न सक्दैन ।
एचआइभीको
डढेलो
भौगोलिक हिसाबमा
नेपाल
भन्दा
झण्डै
१६
गुणा
ठूलो
कंगोको
जनसंख्या
सात
करोडको
हाराहारी
छ
।
तर
अधवैंशे
र
बृद्धबृद्धाको
संख्या
नगन्य
छ
।
कंगो
बसाइका
क्रममा
४५
वर्षमाथिका
एक
दुईजना
बाहेकका
स्थानीय
मानिस
देखिएनन्
।
धेरै
केटाकेटी
र
थोरै
युवा
देखिन्छन्
।
धेरैजसो
स्थानीयका
घरमा
१०/१२
जना
वालवालिका
छन्
।
अधवैंसे र बृद्धबृद्धा नहुनुको
मुख्य
कारण
हो
एचआईभी
र
एड्सको
महामारी
।
एड्सको
डढेलो
नै
चलेको
कंगोबाट
नै
एचआईभी
संक्रमणको
सुरुवात
भएको
मानिन्छ
।
मलेरिया
र
हेपटाइटिसको
जोखिम
पनि
उत्तिकै
छ
।
मलेरिया
नियन्त्रणका
लागि
बियरमा
मलेरिया
विरुद्धको
औषधि
मिसाइन्छ
।
मलेरियाको
उच्च
जोखिम
भएका
कारण
शान्ति
मिशनमा
कंगो
आउने
नेपाली
सैनिकले
नेपालबाटै
मलेरिया
विरुद्धको
औषधि
खाएर
आउने
गरेका
छन्
।
धर्म
र संस्कृति
कंगोका झण्डै
८०
प्रतिशत
बासिन्दा
क्रिश्चियन
धर्म
मान्छन्
।
बाँकी
मुस्लिम
धर्माबलम्वी
छन्
।
मासुको
मुख्य
श्रोत
गाईगोरु
हुन्
।
गाईका
सिङ
धेरै
लामा
हुन्छन्
भनें
गोरु
सिङविहीन
।
बाख्रा
पालिन्छ
तर
स्थानीय
बासिन्दाले
खसीबाख्राको
मासु
उति
खाँदैनन्
।
शान्ति
सेनामा
खटिएका
विदेशी
सैनिकका
लागि
बाख्रा
पाल्न
थालिएको
हो
।
साँझ ढल्किएपछि चोक चोकमा रहेका डान्सबारमा युवाले रक्सीले मातेर नाच्ने संस्कार जस्तै बनिसकेको छ । हरेक शुक्रवार, शनिवार र आइतवार गरी तीनदिन स्थानीय बासिन्दाका लागि उत्सव झैं हुने गर्छ ।
यौनका बिषयमा पनि कंगोबासी अतिनै खुल्ला छन् । संस्कार अनुसार विवाह पूर्व युवतीले बच्चा जन्माउनु अनिवार्य छ । विवाहका लागि ‘म
योग्य
भएँ’ भन्ने
जनाउ
दिन
बच्चा
जन्माउनैपर्ने
हुन्छ
।
बच्चा
नजन्माई
विवाह
गर्न
कंगोको
संस्कारले
नै
दिदैन
।
त्यसैले
पनि
कंगोको
समाजमा
यौन
धेरै
नै
खुल्ला
छ
।
त्यसरी जन्माएको बच्चाको बाबु जोसुकै भएपनि ती महिलासँग विवाह गर्ने पुरुषले
वालवालिकालाई
आफ्नो
छोराछोरी
मानेर
पालनपोषण
गर्नुपर्छ
।
आर्थिक
रुपमा
अतिनै
गरिब
भएपनि
सरसफाईका
हिसावले
कंगोबासी
धेरै
नै
अघि
छन
।
घरवरिपरी
सरसफाई
अनिवार्य
रुपमा
गरिन्छ
।
दिसापिसाब
शौचालयमा
मात्र
गरिने
राम्रो
संस्कार
छ
।
यातायात
र संचार
पूर्वी कंगोमा
यातायात
र
सञ्चार
पनि
विचित्रको
छ
।
समथर
भूभाग
भएकाले
धेरै
गाउँमा
कच्ची
भएपनि
सडक
पुगेको
छ
तर
सार्वजनिक
गाडी
छैनन्
।
चीनमा
बनेका
सेन्को
कम्पनीका
मोटरसाइकलनै
भाडाका
गाडीको
रुपमा
प्रयोग
गरिन्छ
।
स्थानीय
भाषामा
वोडावोडा
भनिन्छ
ति
मोटरसाइकललाई
।
नम्बर प्लेट नहुने मात्र होइन मोटरसाइकल चलाउँदा हेलमेट समेत लगाईन्न । कतै कतै मोटरसाइकल चालकले लगाउने ज्याकेटमा मोटरसाइकलको नम्बर लेखिन्छ
।
एउटा
मोटरसाइकलमा
चार,
पाँच
जनासम्म
चढ्छन्
।
केही
समययता
सिमित
ठाउँमा
केही
भाडाका
गाडी
चल्न
थालेका
छन्
।
झण्डै
८०
प्रतिशत
गाडी
संयुक्त
राष्ट्रसंघीय
मिसन
मोनुस्कोका
छन्
।
त्यसैले
होला
स्थानीय
बासिन्दाले
बनाएका
काठका
साइकलमा
पनि
यूएन
लेखिएको
हुन्छ
।
लोडसेडिङ
र मोवाइल
फोन
संसारमै लोडसेडिङ हुने ठूलो शहर कंगोमै पर्छ । बुटेम्बो शहर बिजुली नहुने, टेलिफोन लाइन नभएको र पीच सडक नभएको संसारको सबैभन्दा ठूलो शहर हो । यो शहरको जनसंख्या झण्डै सात लाख छ । बिजुली नभएपनि मोबाइल फोन फेसन नै बनेको छ ।
हरेकका हातमा मोबाइल फोन हुन्छन् । ती मोबाईल फोन चार्ज गर्नका लागि छुट्टै पसल नै चलाइएका छन् । त्यहाँ जेनेरेटरबाट मोबाइल
चार्ज
गरिन्छ
।
धनीहरुले
आफ्नो
घरमा
जेनेरेटरबाटै
विद्युतीय
सामग्रीको
उपयोग
गरेका
छन्।
रोसन
पुरी/उज्यालो
कंगो
–
एक शताब्दीअघि
बेल्जियमका राजा
लियोपोल्डको निजी
सम्पत्ति रहेको
कंगो त्यसपछि
बेल्जियमको उपनिवेश
बन्यो ।
त्यसैले होला
अहिले पनि
कंगोका विभिन्न
ठाउँमा बेल्जियन
मोडलका लोभलाग्दा
भवन देखिन्छन्
। उत्तरी
किबुमा पर्ने
मुतुअंगामा रहेको
नेपाली सेनाको
एउटा टोली
बेल्जियम मोडलको
घरमा बस्दै
आएको छ
।
झण्डै ५०
वर्षअघि
मात्र
स्वतन्त्र
भएको
कंगोमा
जोसेफ
कसाभुबु
पहिलो
राष्ट्रपति
बने
।
तत्कालीन
प्रधानमन्त्री
पेटिरस
लुमुम्बासँगको
अधिकार
बाँडफाँड
विवादपछि
सेना
प्रमुख
जोसेफ
मोबुतुले
सैन्य
कू
गरे
।
उनका
पालामा
कंगोको
नाम
परिवर्तन
गरिएको
थियो
।
अमेरिकी
सहयोगमा
पेटिरसको
हत्या
गरियो
भने
जोसेफ
मोबुतुले
जायर
नाम
राखेर
३०
वर्ष
अमेरिकी
उपनिवेश
सरहनै
कंगोमा
शासन
गरे
।
सन् १९९४ मा कंगोको दक्षिणपूर्वी छिमेकी
देश
रुवाण्डामा
आम
नरसंहारको
घटनापछि
हूतू
जाति
कंगोतिर
पसेका
थिए
।
रुवाण्डामा
हूतू
र
तुत्सी
जातिबीच
जातीय
हिंसा
भएको
थियो
।
शरणार्थीको
रुपमा
हूतूजाति
भित्रिएपछि
कंगोमा
छिमेकी
देश
रुवाण्डाको
आक्रमण
शुरु
भएको
मानिन्छ
।
हूतू
जातिलाई
कंगोले
सहयोग
गरेको
भन्ने
निहुँमा
रुवाण्डाले
निरन्तर
कंगो
माथि
आक्रमण
गर्यो
।
सन् १९९७ मा मोबुतुको सत्ता पतन भयो । त्यसपछि रुवान्डा समर्थित लरेन्ट काबिलाले कंगोमा शासन गर्न थाले । हूतू जाति माथि प्रतिबन्ध नलगाएको भन्दै रुवाण्डाले फेरि लरेन्ट शासन विरुद्ध पनि आक्रमण गर्यो । त्यसबेला कंगोले विभिन्न देशको साथ लिएर प्रतिवाद गर्यो । सो युद्ध सन २००३ देखि औपचारिक रुपमा सकिएको घोषणा भयो ।
अहिले जोसेफ काबिला कंगोका राष्ट्रपति हुनुहुन्छ । बाबुको हत्या भएपछि उहाँ सन् २००१ मा सत्तामा आउनुभएको हो । सन् २००९ मा जातीय सशस्त्र समूह तुत्सीसंगको सम्झौतापछि
कंगोली
सेनामा
तुत्सी
विद्रोहीलाई
समायोजन
गरियो
।
तर
सन्
२०१२
मार्च
२३
तारिखमा
तुत्सी
विद्रोहीले
रुवाण्डाको
सहयोगमा
छुट्टै
फोर्स
गठन
गरे,
त्यसलाई
एम
23 भनिएको छ ।
रुवाण्डाको सहयोगमा गएको नोभेम्बरमा त्यहाँको गोमा शहर विद्रोहीले कब्जामा लिएपछि स्थानीय बासिन्दाले सुरक्षा दिन नसकेको भन्दै त्यहाँ कार्यरत विभिन्न देशका शान्ति मिसनमाथि आक्रमण गरे । मिसनको दबाबमा एम 23 ले गोमा शहर छोडेर २० किलोमिटर टाढा क्याम्प बनाएर बसेको छ ।
झण्डै एक महिनाअघि त्यहाँको बुटेम्बो जेलबाट झण्डै चारसय कैदीबन्दी एम 23 र माईमाई समूहले छुटाएर लगेका छन् । अहिले छिमेकी देश युगाण्डाको राजधानी कम्पालामा विद्रोही र सरकारबीच वार्ता भैरहेको छ ।
कंगोको पूर्वीभागमा दर्जनौं
हतियारधारी
समूह
सक्रिय
छन्
।
स्थानीय
भाषामा
उनीहरुलाई
माईमाई
भनिन्छ
।
अलकायदाका
सहयोगी
संस्थाहरु
पनि
त्रियाशिल
छन्
कंगोमा
।
कंगोमा
चलेको
सशस्त्र
युद्धका
कारण
झण्डै
६०
लाख
व्यक्तिले
ज्यान
गुमाएको
अनुमान
गरिएको
छ
।
युद्ध,
कंगोको
पूर्वी
भाग
खासगरी
युगाण्डा
र
रुवाण्डाको
सीमा
क्षेत्रमा
केन्द्रीत
छ
।
वर्तमान
द्वन्द्व
भौगोलिक हिसाबले
हेर्ने
हो
भने
अफ्रिकामा
दोस्रो
ठूलो
र
संसारमा
११
औं
ठूलो
देश
हो
कंगो
।
हाम्रो
छिमेकी
देश
भारत
भन्दा
थोरै
मात्र
सानो
छ
।
दक्षिण
सुडान,
रुवाण्डा,
युगाण्डा,
जाम्बिया,
बुरुण्डी,
एगोला,
तान्जानिया
लगायतका
देशबाट
घेरिएको
छ
कंगो
।
तर
राष्ट्र
बलियो
हुनका
लागि
भूगोल
र
प्राकृतिक
सम्पदा
मात्र
पर्याप्त
होईन
भन्ने
शिक्षा
लिनेका
लागि
कंगो
एउटा
बलियो
उदाहरण
हो
।
पहिलेका कुख्यात ईदी अमिनको देश युगाण्डा र अर्को छिमेकी देश रुवाण्डानै कंगोका लागि शत्रु बनेका छन् । खनिज प्रशस्त भएको कंगोको पूर्वी भाग यी दुई देशको सीमासँग जोडिएको छ । युगाण्डाको विकास हेर्ने हो भने यूरोपेली देश भन्दा कुनै फरक छैन । उसको मुख्य आम्दानी सुन हो तर युगाण्डामा सुनखानी छैन । कहाँबाट आउँछ सुन ? त्यस्तै रुवाण्डाको विकास पनि वर्णन गर्न लायक छ ।
यी दुवै देशले कंगोको खनिजमा आँखा लगाएका छन् । अहिले विभिन्न समूहलाई हतियार दिएर वा आफ्ना सैनिक पठाएर कंगोलाई सधैभरी उनीहरु अस्तव्यस्त पार्न चाहन्छन् । त्यसको पछिल्लो उदाहरण झण्डै तीन महिनाअघि एम 23 लाई ट्याङ्क सहितको सैन्य सहयोग गरेर गोमा शहर कब्जा गर्न लगाएको थियो रुवाण्डाले । युगाण्डाले पनि सिधैं हतियार दिएर कंगोलाई अस्थिर र अशान्तिमै राख्न चाहन्छ । हाम्रो टोली भ्रमणमै रहेका बेला विद्रोहीले दुई कण्टेनर अत्याधुनिक हतियार भित्र्याएका थिए ।
निरिह
सुरक्षाकर्मी
अत्याधुनिक हतियार
छ
तर
खाना
र
नियमित
तलव
छैन
सुरक्षाकर्मीलाई
।
हरेकसँग
एके
४७
जस्ता
अत्याधुनिक
हतियार
भएपनि
पातले
बेरेर
बनाइएका
फुसको
घरमा
मुश्किलले
उभिन
मात्र
पुग्छ
।
तल्लो
तहका
सुरक्षाकर्मीको
हातमा
नआईपुग्दै
बीचमै
उपल्लो
ओहोदाका
अधिकारीले
नै
तलव
खाइदिन्छन्
।
सेनाका जवानले बेला बेला गरिरहने बिद्रोह र बिद्रोहीको साथमा लाग्नुको एउटा मुख्य कारण यहि हो । एकले अर्कोमा रहेको जनशक्ति तान्नका लागि सुरक्षाकर्मी र विद्रोहीबीच
प्रतिस्पर्धानै
हुनेगरेको
छ
।
आज
मेजर
रहेको
विद्रोही
भोली
लेफ्टिनेन्ट
कर्णेल
बनेर
सेनामा
आउन
सक्छ
।
दिनभरी
ड्यूटी
गर्ने
र
बेलुकी
हतियार
सहित
घरमा
जाने
प्रहरीको
दैनिकी
हो
।
कतिपय सुरक्षाकर्मी खाएर बचेको
खानेकुरा
छ
की
भनेर
खोज्दै
शान्ति
मिसनमा
खटिएका
विदेशी
सैनिकका
क्याम्पमा
पुग्ने
गरेका
छन
।
यसले
कंगोको
गरिवीको
स्तरलाई
प्रतिबिम्वित
गर्छ
।
अहिले
कंगोमा
नेपाल,
भारत,
बंगालादेश,
पाकिस्तान
लगायतका
झण्डै
१८
हजार
सैनिक शान्ति
सेनाका
रुपमा
कार्यरत
छन
।
यसलाई
मोनुस्को
मिसन
भनिन्छ ।
धनीका
आफ्नै जहाज
आफ्नै विमानस्थल
संसारमै विलासी र सुखी जीवनशैली भएका नागरिक पनि कंगोमौ छन् । हिरा, सुन, कोल्टन जस्ता बहुमुल्य खनिजको व्यवसाय गर्नेहरु संसारमै विलासी छन् । यहाँको खनिजलाई उपयोग गर्न उनीहरुले जंगल क्षेत्रमा निजी विमानस्थल बनाएका छन । राज्यको उपस्थिति नभएपछि निजी जहाज मार्फत् बहुमुल्य खनिजको ओसारपसार हुने गरेको छ ।
उनीहरु राज्य भन्दा पनि आर्थिक हिसाबले धेरै बलिया देखिन्छन् । कंगोमा एक सय तीनवटा व्यक्तिगत विमानस्थल छन् । यहाँको रकम लगेर अत्यन्तै सीमित वर्गले न्यूयोर्क, पेरिस, ब्रसेल्स र लण्डनमा बिलासी जीवन बिताउँछन् । तर कंगो भने आर्थिक हिसाबले झन झन कमजोर हुँदै गएको छ । आम नागरिक खान नपाएरै मर्ने गरेका छन् ।
कंगोमा कि त अत्यन्तै धनी छन् कि त अत्यन्तै गरिव । मध्यम वर्ग छैन भन्दा पनि हुन्छ । अवैध व्यवसायमा लागेकाहरु ठूला महलमा नीजि सुरक्षाकर्मी सहित बस्छन्
।
नेपालकै
झझल्को !
अवस्था मात्रै होईन नेपालकै जस्ता नाम छन् कंगोमा । नेपाली सेनाको बटालियन रहेको ठाउँ नै बेनीमा पर्छ । बेनीको पूर्व पट्टी रहेको नगरकोट डाँडाबाट बेनीबजार र आसपासको दृश्य मनमोहक देखिन्छ । त्यस्तै बुटेम्बोमा रहेको इलामको चियाबारी र नेपाल डाँडा पनि कंगोमा छन् ।
नगरकोट, इलामको चियाबारी र नेपाल डाँडा नेपाली सेनाले राखेका नाम भएपनि अहिले स्थानीय बासिन्दाले पनि त्यहाँ नेपाली नाम प्रयोग गर्न थालेका छन् । तर बेनी, गोमा, बुनिया भने त्यहीको नाम हो । नेपाली सेनाको बेनीमा रहेको बटालियन, इतुरीको बुनियामा रहेको इन्जिनियरिङ कम्पनी
र
बुटेम्बोमा
सहयोगीका
रुपमा
काम
गर्ने
कंगोली
नागरिकले
फरर्र
नेपाली
बोल्छन्
।
Comments
Post a Comment